निजगढमा प्रथम स्वर्गीय विकल रेग्मी स्मृति जुनियर फूटबल प्रतियोगिता संचालन हुने

391
SHARES
514
VIEWS

बारा । निजगढ नगरपालिका नगर कार्यपालिकाले निजगढ ८ का प्रशिक्षार्थी फुटबल खेलाडी स्वर्गिय विकल रेग्मीको स्मृतिमा आगामी वैशाख २२ गतेदेखि ‘प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता’ संचालन गर्नेभएको छ । निजगढ नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले शुक्रबार एक सूचना जारी गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।  सूचनामा नगरपालिकाका प्रतेक वडाबाट १६ वर्षमुनिका किशोरहरुको एउटा/एउटा टोलीलाई सहभागी गराइने र सोको लागि इच्छुक खेलाडीहरूले यही वैशाख १५ गतेसम्म फाराम भरी प्रतियोगिता संचालक समितिमा पेश गर्नुपर्ने भनिएको छ । नगर खेलकुद विकास समितिको गत चैत्र १३ गतेको बैठकको निर्णायानुसार नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटवल क्लब, निजगढ– ९ को व्यवस्थापनमा प्रतियोगिता संचालन हुनलागेको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ४ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडीको रुपमा रहेका १४ वर्षिय विकलको गत असोज महिनामा पहिरोमा परी ज्यान गएको थियो । उनी निजगढ नगरपालिका– ८ खयरघारी निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा हुन् । विकलको अन्त्यष्टि कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले स्वर्गीय रेग्मीको स्मृतिमा निजगढ नगरपालिकाले जुनियर फुटबल प्रतियोगिता’ संचालन गर्ने घोषणा गरेको त्जियो । नगर प्रमुख पुरीको सोही घोषणाअनुसार प्रतियोगिता हुन  लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित