जनताले सरकारी कार्यालयबाट पाउने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन निर्देशन : गृहमन्त्री लेखक

382
SHARES
502
VIEWS

बारा । जनताले सरकारी कार्यालयबाट पाउने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन संघीय सरकारका गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारी सहितका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ । आज शनिबार तराई यातायात व्यवसायी संघ सिमरा, बाराको १८औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारी कार्यालयहरुको सेवा अबको दिनमा आलोचना नहुने गरी भोलिबाटै सेवाग्राहीलाई अनुभुति हुने गरी सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो । उनले भने “चेकजाँचका नाममा दुःख पाएको तपाईहरुको गुनासो जायज छ । म आजैबाट कम गर्न भनौंला । तर तपाईहरुले अबैध तस्करी र ओसार पसार गर्नु पनि भएन । हामी त्यसो हुन दिँदैनौ भन्ने ग्यारेन्टी गर्नुस् । म वातावरण सुधारका लागि आवश्यक सहजीकरण गरौंला ।” गृहमन्त्री लेखकले भने । समृद्धि र सुशासन सरकारको पहिलो प्राथमिता रहेको बताउदै मन्त्री लेखकले देशमा हाल दुव्र्यवसनी, दुर्घटना र आत्महत्या जस्ता विषय जटिल समस्याको रुपमा रहेको बताए । कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव, संघीय सरकारका पूर्वमन्त्री फरमुल्लाह मंसुर, संघिय सांसद कृष्णकुमार श्रेष्ठ, अच्युत मैनाली, प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँ लगायतको सहभाागिता थियो । संघको बार्षिक साधारणसभाका अवसरमा दोस्रो तराई यातायात सक्रिय पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पर्सा सम्वाददाता उपेन्द्र ठाकुरलाई प्रदान गरिएको छ । यसअघि उक्त पुरस्कार कारोबार दैनिकका बारा सम्बाददाता प्रकाश लम्सालले पाएका थिए । तराई यातायात व्यवसायी संघ सिमरामा हाल एक हजार ५ सय जना व्यवसायी आवद्ध छन । संघमा २ हजार पाँच सय यात्रुवाहक बसबाहेक ठुला साना सवारी साधन आवद्ध छन् । संघले व्यवसायी साझेदारमार्फत देशभरि सेवा दिँदै आएको संघका महासचिव अर्जुन अधिकारीले जनाएको छ। कार्यक्रम संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित