हिन्दु र मुस्लिम समुदाय विच झडप भएपछि वीरगञ्जमा कर्फ्यु जारी

447
SHARES
588
VIEWS

विजेन्द्रकुमार चौधरी/बारा । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।

अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।

सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित