दुवै मृगौला फेल २३ वर्षीय कुवरलाई नेविसंघद्वारा १२ हजार आर्थिक सहयोग

391
SHARES
514
VIEWS

निजगढ । बाराको निजगढ वडा-४ का एक निम्न बर्गिय परिवारका २३ बर्षिय बालक सुपृत कुवरको दुवै मैगौला फेल भएपछि ज्यान बचाउन परिवारले सहयोगको अपिल गरेका छन ।

चार बर्षदेखि भरतपुर अस्पतालमा नियमित उपचार गराउदा गराउदै खर्च सकिसकेको हुदा उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका थिए । आफ्नो भएको पाँच कठ्ठा जग्गा जमिन पनि बचेको बताउदै कुमरका बुबा संन्जय कुमरले कम्तीमा एक मृगौला फेर्न आवश्यक करिब १३ लाख खर्चका लागि सबैलाई अनुरोध गरेका छन ।

चार बर्षदेखि उपचार गर्दै आएको भएपनि दुवै मृगौला फेल भने भर्खरै एसएलसी दिएपछि थाहा भएको हो । अहिले हरेक हप्तामा तीन पटक डयालासिस गरेर छोरो बचाए पनि एउट मृगौला फेर्न नसके छोरो बचाउननै समस्या रहेको उनले बताए । हामी निम्न बर्गका रहेको र सहयोगका लागि प्रदेश सरकार देखि नगरपालिकासम्म गएपनि अहिलेसम्म कतैबाट सहयोग नआएको उनले बताए ।

यसैबिच नेपाल बिद्यार्थि संघ निजगढले विहिवार एक कार्यक्रम गरी सुपृत कुवरको उपचारका लागि १२ हजार प्रदान गरेको छ । बितरण कार्यक्रममा निजगढ नेविसंघका सभापति ईश्वर सापकोटा, जिल्ला उपसभापति अनिल खनाल , वडासदस्य सागर गौतम, गौरी शंकर क्याम्पस ईकाई सभापति दावा लामा, नेपाली कांग्रेस ४ नं. वडा सभापति रुपेश कुमर, ईश्वरलाल गुरो लगायतले विपन्न कुमरलाई सहयोग गरी मानवीय सहयोग गरिदिनु हुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित