बारा । नेपाल तरुण दल जिल्ला कार्यसमिती बाराले बुधबार पार्टी कार्यालयमा नेता कार्यकर्ता भेटघाट कार्यक्रम राखेको छ । भेटघाट कार्यक्रम जिल्ला स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको हो । नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको सहमहामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक डिना उपाध्यायको प्रमुख आतिथ्यमा भएका थिए ।
कार्यक्रमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल केन्द्रीय समितिले दलको पाँचौ महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले जिल्लामा पुर्णकालिन र प्रारम्भिक सदस्यहरु वितरण गरेर वडा र गाउँ नगरको अधिवेशन गरि केन्द्रमा पठाउन जिल्ला कार्यसमिती बारालाई निर्देशन दिए ।
कार्यक्रम भन्द फरक प्रसङ्गमा अध्यक्ष गुरुङले गएको चुनावमा पुर्व पन्चे मेयर, सांसद र मन्त्री हुने आकाड्या राखी निर्वाचन लडेर सय (१००) मत कटाउन नसकेको व्यक्ती राजावादीको पक्ष भन्दै सडकमा उत्रेको कुरा अनौठो भएको बताए । कतै राजा आए भने भोलि मेयर सांसद, मन्त्री भैहालिन्छकी? भनेर उनिहरुले दिवा सपना देखेको अध्यक्ष गुरुङले बताए । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले “छिमेकि राष्ट्रको मुख्यमन्त्रीको फोटो राखेर हामीलाई राष्ट्रवाद सिकाउने, के छिमेकिले व्यवस्था बदल्दिने हो ? भनेर आक्रोश पोख्दै नेपाली कांग्रेस जनताको पक्षमा राष्ट्रको पक्षमा भएको बताउदै यो देशको व्यवस्था, सिमाना, धर्म र संस्कृति यहाँको नागरिकले रक्षा गर्ने कुरा हो ।” अध्यक्ष गुरुङले अहिले सामाजिक सन्जालको चरम दुरुपयोग भएको कुरा बताउदै यदि सामाजिक सन्जाललाई युवा विध्यार्थीमाझ सहि तरिकाले चलाउन बाताबरण हुने हो भने युरोप अमेरिकमा गएर गर्ने काम आफ्नो राष्ट्रमै बसेर गर्न सकिने कुरा उनले जिकिए गरे । घरको झगडा देखि लिएर व्ययस्था र नेता विरुद्ध सामाजिक सन्जालमा लेख्ने प्रवृत्तिले आम नागरिकमा नकारात्मक असर परेको कुरा अध्यक्ष गुरुङको तर्क थियो । विशेष गरि जिल्लाको तरुणहरुलाई निर्देशन दिदै अध्यक्ष गुरुङले आम नागरिक के कुरामा असन्तुष्ट छन ? नेपाली काग्रेसले जनताको असन्तुष्टि चिर्न के गर्नु पर्छ भन्ने कुरा जनताको घर घरमा गएर बुझ्ने र नेपाली काग्रेसको गौरवशाली इतिहासको बारेमा बुझाउनुपर्ने कुरालाई जोड्दिए ।
कार्यक्रममा अतिथिको रुपमा नेपाली काग्रेसको केन्द्रीय सदस्य तरुण दल महाधिवेशन निर्देशन समितिको सदस्य पार्टी केन्द्रिय सदस्य संसद सरिता प्रसाई, पार्टी जिल्ला सभापती राजेश राय यादव, पार्टी क्षेत्र न. २ सभापती राम प्रवेश यादव, पार्टी क्षेत्र ४ प्रदेश सभा “ख “को सभापती एवं पूर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह र तरुण दल केन्द्रीय सदस्य सरिन घिमिरेको उपस्थिती रहेको छ




















Discussion about this post