निजगढ । कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीले बाराको निजगढमा टुकी दियो बाली प्रदर्शन गरेको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी प्रमुख घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका माओवादी जनवर्गीय संगठन र मोर्चाले निजगढमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले “केपी ओली देशको किरा हो, कुलमान घिसिङ्ग हिरा हो, उर्जामन्त्री राजिनामा दे, ओलीको सरकार बिचौलियाको मतियार, कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाईदैन लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।
माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दंगालले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले सरकारविरुद्ध प्रदर्शन गरिएको जानकारी दिए ।
त्यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसका बिरुद्ध सडकमा आउनुपरेको उनले बताए । उनले कुलमानको बर्खास्ती खारेजीको माग गर्दै सरकारले माग पुरा नगरे चरणबद्ध कार्यक्रमको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए ।
त्यस्तै माओवादी केन्द्रकै अर्का नेता बेनिबहादुर मोक्तानले कुलमानकै कारण मुलुकबाट बिजुली बेच्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले राज्यले एकपछि अर्को गलत काम गर्दै गए आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै आफ्नो ज्यानको बलिदान समेत दिने उल्लेख गरे । त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला सचीव रामहरि खरेलले यो सरकार दलालको मोतियार भएको बताएको छ उनले विगतका घटनाहरुलाई समिक्षा गरेर हेर्न सरकारलाई काटक्ष गरे भने देशलाई सोह्रौं शताब्दीमा धकेल्ने नियत ठिक नभएको बताए ।




















Discussion about this post