चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालद्वारा बाराका ५ जना पत्रकारलाई सम्मान

401
SHARES
527
VIEWS

बारा । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपाल अभियानमा योगदान पुर्‍याउने बाराका ५ जना पत्रकारलाई सम्मान गरेको छ ।

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको अवसर पारेर सम्मान गरेको हो । सम्मानित हुनेमा प्रेस सेन्टर नेपाल मधेस प्रदेश कमिटी सदस्य रमेश साह, समाजवादी प्रेस संगठन नेपालका जितलाल श्रेष्ठ, पत्रकार संदिप यादव, प्रभु यादव र अनि वर्मालाई सम्मान गरेका थिए ।

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलन जनकपुरधाममा भएका थिए । सम्मेलनको उदघाट्न भने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए । सभामुख मण्डलले उदघाटनको क्रममा बोल्दै चुरे मानव जीवन पद्धति भएकाले यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक भएको बताए ।
सभामुख मण्डलले जल तथा जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणका लागि थप सार्थक प्रयास गर्न आवश्यक रहेकोमा जोड दिए । सभामुख मण्डलले नेपालको कूल भूभागमध्ये १२.७२ प्रतिशत चुरे भएकाले यसको संरक्षण गरी हराभरा बनाए करोडौँ मानिसलाई स्वच्छ जल तथा अक्सिजन दिन सक्ने साथै कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताए ।

त्यस्तैगरी जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले चुरे नेपालको जीवन रेखा भएकाले यसको संरक्षणमा नेपाल सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।

मधेश प्रदेशका निमित्त वन निर्देशक सुजित कुमार झाले चुरेको संरक्षणका लागि चुरे क्षेत्रका स्थानीयबासी गम्भीर बनेर यसको संरक्षणमा अगाडी बढ्न जरुरी रहेको बताए । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवक अध्यक्षमाता उक्त सम्मेलन भएका थिए ।  अध्यक्ष यादवले चुरे तथा वन जंगल संरक्षण गर्नु सबै दायित्व र जिम्मेवार भएको बताए ।

सो सम्मेलनमा चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको अभियानमा सहयोग गर्ने बुद्धिजीवी र संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित