पर्सा । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज मंगलबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कुल १० हजार ७सय २९ मतदातामध्ये ४० प्रतिशत अर्थात् ४ हजार २ सय ९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बताए । निर्वाचनको क्रममा केही सानातिना विवाद देखिए पनि स्थिति नियन्त्रणमा रहेको र मतदान प्रक्रिया प्रभावित नभएको उनले जानकारी दिए । यसअघि २०६३ सालमा भएको स्ववियु निर्वाचनबाट चुनिएका पदाधिकारी र सदस्यहरूको कार्यकाल २०६५ मा सकिएयता ठाकुराम क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । मंगलवार बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म चलेको मतदान प्रक्रिया निर्धारित समयमा बिहान ८ बजे सुरु हुने भनिए पनि तयारीमा ढिलाइका कारण दुई घण्टा ढिलो भएको थियो । मतगणना भने राति १० बजेदेखि सुरु गर्ने निर्णय सुरक्षा निकायका प्रमुख र सभापतिका १४ उम्मेदवारहरूको सहमतिमा गरिएको थियो । तर मत गणना सुरु नगरेको भन्दै गेट बहिरा लगाईरहेका छन । निर्वाचनमा सभापति पदका लागि विभिन्न दलनिकट र स्वतन्त्र गरी १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । कुल २१ पदका लागि २ सय ४७ जनाले उम्मेदवारी दिएका थिए, जसमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य पद समावेश छन् ।






















Discussion about this post