निजगढ । विहिबार चैत्र ७ गतेबाट शुरु हुने यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाबाट ५ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन । निजगढमा रहेका ८ सामुदायिक र २ संस्थागत गरी १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुन लगेको हुन । निजगढमा यस वर्ष पनि निजगढ ८ को गौरीशंकर मावि र निजगढ ६ को गौरीशंकर मावि सडकटोलमा परीक्षा केन्द्र कायम गरिएको छ । निजगढ ८ को परीक्षा केन्द्रमा सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल, नेत्रोदय मावि योजना, बकैया ठाकुर मावि, नेरामावि सिगौल र होली एञ्जल्स बोडिङ्ग स्कुलबाट २ सय ५५ जना तथा सडकटोल परीक्षा केन्द्रमा गौरीशंकर मावि निजगढ ८, नेरामावि लाल, नेरामावि रतनपुर र विद्यासागर बोडिङ्ग स्कुलका ३ सय १३ जना परीक्षार्थी विद्यार्थीहरु सहभागी हुने गौरीशंकर मावि निजगढ ८ का केन्द्रअध्यक्ष बद्रीनारायण झाले जानकारी दिए । यसैबीच निजगढ ५ बागदेवको सार्वजनिक माविबाट बिहीवारबाट शुरु हुने यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुको आज मंगलबार एक कार्यक्रमबीच विदाइ गरिएको छ । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम र शिक्षकहरुले परीक्षामा सफलताको कामनासहित विद्यार्थीहरुको विदाई गरेका हुन । यस वर्षको एसईई परीक्षामा सो विद्यालयबाट ६३ जना विद्यार्थी सहभागी हुदैछन ।
गत माघ १ गते यस वर्ष २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुदै छ ।
पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।






















Discussion about this post