निजगढ । बारा जिल्लामै पहिलोपटकगौरीशंकर क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनले निजगढमा चुनावी सरगर्मी निकै बढेको छ। स्ववियु निर्वाचनमा हाल निजगढ स्थित गौरीशंकर क्याम्पसमा तिनवटा संगठनमा मात्र दर्ता भएको छ। संगठन दर्तादेखि चहलपहल बढेको निजगढमा नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले उज्ज्वल प्रसाईको नेतृत्वमा १७ सदस्यीय, एमाले निकट अनेरास्ववियुले बालकृष्ण हुमागाईको नेतृत्वमा १३ सदस्यीय र नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघले दाबा लामा नेतृत्वमा ११ सदस्यीय गौरीशंकर क्याम्पस मुल ईकाई कमिटी गठन गरि स्ववियुमा होमिएको हो । स्ववियुमा होमिएका विधार्थी संगठनहरु निर्वाचनको लागि पनि आ-आफ्नै छुट्टाछुट्टै प्यानल दर्ता गरिएको छ । रोचक विषय त के छ भने निजगढको स्ववियु निर्वाचनमा उमेदवारहरुको तानातान र उमेदवारहरुलाई ठुलै दबाब सहितको घेराबन्दीपनि भएको छ । निजगढमा ठुला दल भनी एक आपसमा प्रतिस्पर्धी ठानिएका एमाले र कांग्रेसलाई माओवादीको अखिल (क्रान्तिकारी) निकै ठूलो चुनौती देखिदै आएको छ । अखिल (क्रान्तिकारी) ले मुल ईकाई कमिटी दर्ता गर्दा संगठनमा जोडिएका ४ जना संगठनका विधार्थीललाई कांग्रेस निकट नेवि संघले दबाब र धाकधम्की दिएर स्ववियुमा उमेदवार बनाएको छ भने एमाले निकट अनेरास्ववियुले पनि दुई जनालाई विभिन्न दबाब र प्रभावमा उमेदवार स्ववियुमा उठाउन सफल भएको बुझिएको छ । यो निर्वाचनलाई एउटा बौद्धिकता र सचेत मतदाताहरुको विवेक प्रयोगी ठाउँको रुपमा हेरिरहदा जिम्मेवार पार्टीकै जिम्मेवार नेताहरुको अस्वस्थ गतिविधि र पुस्तौ देखि पार्टी विरासतमा जोडिएकाहरु अबपनी त्यही पार्टीमा हुनुपर्छ भनी दिइएको दबाब र घेराबन्दीलाई अहिले निजगढका विद्दिजिवीहरुले समेत राम्रो मानिरहेका छैनन । व्यक्तिका आ-आफ्नै स्वतन्त्रता हुन्छन तर स्वतन्त्रतालाई बन्देज लगाउने काम लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुन्छ । तर यो निर्वाचनमा एमाले र कांग्रेसले स्वार्थ र सत्ताको दुरुपयोग गर्दै माओवादीका विधार्थी नेता तान्न लागे भने माओवादी आफ्नै विरसता र स्वतन्त्रतामा कसैलाई दबाब नदिई स्वैच्छिक ढंगले उमेदवार बनाउन सफल भयो । विगत १२ वर्षदेखि निजगढको गौरीशंकर क्याम्पसमा स्ववियु स्थापनाको माग गर्दै यहाँको शैक्षिक गुणस्तरका निम्ति संघर्ष गर्दै आएको माओवादीले हाल गौरीशंकर क्याम्पसको शैक्षिक सुधारलाई एउटा विन्दुमा पुर्याउन स्ववियु निर्वाचनलाई आफ्नो एउटा प्रस्थान विन्दु बनाएको छ । विगत १८ वर्षदेखि क्याम्पस व्यवस्थापनमा एमाले पार्टीकै नेता र प्रशासन रहदा हाल सम्म सुधार हुन नसकेको क्याम्पस, २०७४ साल पछि स्थानीय सरकारको नेतृत्व गरेको कांग्रेस र त्यसपछि लगातार कांग्रेस र एमालेको सहकार्यमा बन्दै आएको व्यवस्थानप समितीले समेत सहकार्य गर्दा पनि झनै दिनप्रतिदिन धरासायी बन्नुले पनि अब पुनः विधार्थीको स्ववियु निर्वाचनमा हालको सत्तापक्षको उमेदवार जिताउदा झनै अवस्था संकट उन्मुख हुने निश्चितै छ भन्दै विधार्थीहरु यी दुई सत्तापक्ष निकटका विधार्थी संगठनको विकल्पको खोजिमा छन । अहिले त्रीपक्षिय भिडन्त देखिएको निर्वाचनको माहोलमा अखिल (क्रान्तिकारी) का एजेन्डा र चुनावी प्रतिबद्धता पत्र निकै बलियो रहेको स्थानीयको बुझाई छ । चुनावी माहोलमै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मा जोडिएका विधार्थीहरुलाई विभिन्न दबाब र प्रभावमा परि नेवि संघले ४ जनालाई स्ववियु को उमेदवार बनाएर कांग्रेस रक्षात्मक बनेको र दुई सदस्य पदमा अखिल (क्रान्तिकारी) बाटै तानेर स्ववियुमा उठाएको अनेरास्ववियुले प्रत्यक्षतर्फ १ सदस्य र समानुपातिक तर्फ १ अर्को सदस्य कम उठाई स्ववियुमा एमालेले पनि उमेदवार नै पुर्याउन नसकी झनै रक्षात्मक बनेको देखिन्छ । अहिले अखिल (क्रान्तिकारी) संगठनमा लागेकै भरमा दबाब र धाकधम्की दिएर आफू तिर तान्न खोजेपनि माओवादी नै ढुक्कसँग चुनावी प्रतिस्पर्धामा अगाडिनै देखिन्छ । यहि चैत ५ गते हुने निर्वाचन स्वस्थ्य र विधार्थीलाई लगाम नलगाई हुने हो भने निजगढमा देखिदै आएको ठुला दलिए हौवाको निरंतरतामा क्रमभंगता हुने र क्याम्पसले एउटा सशक्त प्रतिपक्षी भुमिका निर्वाह गर्न सक्ने स्ववियु पाउन निश्चित छ।






















Discussion about this post