विजेन्द्र कुमाए चौधरी/कलैया बारा । होलीको अवसरमा लायन्स क्लब कलैयाले अमृता अनाथ आश्रम, कलैयामा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष प्रदीपकुमार साहको सभापतित्वमा भएको कार्यक्रममा अनाथ आश्रमका बालबालिकालाई खाद्य सामग्री प्रदान गरिएको थियो । समारोहमा लायन्स क्लबका डिस्ट्रिक्ट उप–गभर्नर आर.बी. पाण्डे, सुवास जायसवाल, सूर्यजीत सिंह, दिलीप चौधरी लगायत क्लबका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । खाद्यान्न वितरण कार्यक्रममा आश्रमका पदाधिकारी, कर्मचारी, स्थानीय समाजसेवी, पत्रकार तथा महिला–पुरुषहरूको समेत उपस्थिति थियो । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष यस्तो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।






















Discussion about this post