निजगढ-६ सडकटोल स्थित एक घरमा आगलागी

390
SHARES
513
VIEWS

बारा । निजगढ नगरपालिका ६ सडकटोल स्थित एक घरमा आज विहिवार दिउसो आगलागी भएको छ । स्थानीय बच्चुराम घिमिरेको काठले बनेको घर र गोठमा दिउसो २.४० बजे आगलागी भएको हो । आगो निभाउने क्रममा सामान्य घाइते बनेकी घिमिरेकी श्रीमति ५५ वर्षिय सुनिता घिमिरेको स्थानिय मेडिकलमा सामान्य अवस्थामा उपचार भईरहेको निजगढ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय  निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले दिएको जानकारीअनुसार आगलागीबाट करिब २० लाख बराबराको धनमाल जलेर नष्ट भएको छ । घरमा राखेको १ लाख नगदसहित अन्नपात, लत्ताकपडा र अन्य सामानसमेत गरी सो रकम बराबरको क्षेति भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशवाहाले बताए । घिमिरेको घरमा लागेको आगो सल्किएर छिमेकी गोबिन्द बजगाईको घरको पालीमा समेत क्षेति पुगेको छ । आगलागीको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय निजगढ र बिपद ब्यवस्थापन सुरक्षा बेस क्याम्प निजगढबाट पुगेको सुरक्षाकर्मीको टोली, स्थानीय बासिन्दा र निजगढ तथा कोल्हबी नगरपालिकाबाट गएको दमकलको सहयोगमा दिउसो  ३.२० बजे आगो नियन्त्रणमा लिइएको थियो ।  घरमा जडान गरिएको बिजुली तार सर्ट भर आगलागी भएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित