बारा । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि मंगलबार निजगढको गौरीशंकर कलेजमा विद्यार्थीहरुले मनोनय पत्र दर्ता गरेका छन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संगठन (नेविसंघ) र अखिल क्रान्तिकारीहरुले जुलुससहित क्याम्पस प्रशासन कार्यालयमा पुगेर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनय पत्र दर्ता गरेका हुन । नारा जुलुर र प्रदर्शनसहित आएका विद्यार्थीहरुसंगै तीनका माउ पार्टीका स्थानीय नेता तथा कार्यकर्ता पनि क्याम्पसमा पुगेका थिए । निर्वाचन समितिका संयोजक गोविन्द अधिकारीका अनुसार अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारहरुले मनोनयन गरेको जानकारी दिए । क्याम्पसको स्ववियुमा सभापतीसहित ८ जना प्रतक्ष्य र उपसभापती सहित ७ जना समानुपातिकतर्फबाट चुनिने छ । अनेरास्ववियुले बालकृष्ण हुमागाई नेतृत्वको प्यानल मैदानमा उतारेको अनेरास्ववियुको तर्फबाट प्रेक्षा उप्रेती सचिव र ललिता सापकोटा कोषाध्यक्ष उम्मेदवार बनेका छन । त्यसैगरी नेविसंघको प्यानलको नेतृत्व धावा लामा मोक्तानले गरेका छन भने अखिल क्रान्तिकारीबाट उज्जल प्रसाई नेतृत्वको प्यानलले मनोनय गरेको हो । अखिल क्रान्तिकारीको तर्फबाट सचिवमा विशाल तिमल्सिना र कोषाध्यक्षमा स्मृति खरेलले उम्मेदवारी दिएका छन । बारा जिल्लामा रहेका ७ वटा सामुदायिक कलेजहरु मध्ये गौरीशंकरमा मात्रै यो वर्ष पहिलो पटक स्ववियुको निर्वाचन हुनलागेको हो । जिल्लाको कलैयामा रामाराजा क्याम्पस, सिमरामा सिमरा कलेज, डुमरवानामा डुमरवाना बहुमुखी क्याम्पस, कोल्हबी नगरपालिकाको सपहीमा सपही कलेज, महागढीमाई नगरपालिकामा बरियारपुर क्याम्पस र जीतपुरमा बकुलिया क्याम्पस छन् । यसअघि सोमवार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको मनोनयनपत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको चुनाव हनुलागेको हो । यो वर्ष त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । गौरीशंकर क्याम्पसमा ३ सय ६८ मतदाता रहेका छन ।






















Discussion about this post