बारा । स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले भोलि विहिवार बाराको निजगढमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल मगर संघ निजगढ समितिका अध्यक्ष बाबुराम थापामगरले स्थापना दिवसको अवसरमा निजगढमा सद्भाव र्यालीसहित शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले बिहान निजगढ ७ स्थित लखन टोलबाट शुरु हुने र्याली पूर्वपश्चिम लोकमार्गको बुद्ध चोकमा पुगेर फर्किएपछि शुभकामना आदानप्रदान र चियापन कार्यक्रम गरिने बताए । मगर संघले हरेक वर्ष फागुन १५ गतेलाई स्थापना दिवसको रुपमा मनाउदैआएको छ ।






















Discussion about this post