बारा । निजगढ नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले वडाभित्रका किसानहरुलाई तरकारीको बिउ वितरण गरेको छ । वडा कार्यलयले आफ्ना वडावासीहरुलाई करेसाबारीमा लगाइने विभिन्न जातको तरकारीको बिउ वितरण गरेको हो । करेसाबारीमा लगाउने विभिन्न प्रजातीको बिउहरु वडाले एक कार्यक्रमबीच वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतले किसानहरुलाई हस्तान्तरण गरेका हुन् । बिउ वितरण कार्यक्रममा वडा सदस्य आशा श्रेष्ठ, मिना सुनार, केशवप्रसाद अधिकारी, कृष्णबहादुर मोक्तान, वडा कार्यालयका सचिव सुजित कर्णलगायतको उपस्थिति रहेको थियो ।






















Discussion about this post