बारा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रौतहटको तेस्रो जिल्ला अधिवेशन आज बुधबार सम्पन्न भएको छ । अधिवेशनले विजेन्द्रकुमार श्रेष्ठको अध्यतामा दश सदस्यी जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मञ्जु मानन्धर, सचिव दिपक श्रेष्ठ, सहसचिव बिनोद चौधरी, कोषाध्यक्ष आशिष कुमर रहेका छन । यस्तै सदस्यहरुमा आकाश चौधरी, दुर्गा रखाल मगर, अमन मगर, दिनेशप्रसाद चौधरी र बिनय चौधरी नयन भएका छन । समितिको सल्लाहकारमा ओमकिशोर चौधरी, गौतम श्रेष्ठ, प्रकाश श्रेष्ठ रहेका छन । अधिवेशनले केन्द्रिय अधिवेशन प्रतिनिधिमा ओमकिशोर चौधरी, गौतम श्रेष्ठ र मञ्जु मानन्धर तथा मधेस प्रदेश अधिवेशन प्रतिनिधिमा विवेककुमार चौधरी, बिजेन्द्रकुमार श्रेष्ठ र आशिष कुमरलाई चयन गरेको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिका अध्यक्ष दुष्यान्त चौधरीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।






















Discussion about this post