रौतहटमा दर्ता नगरी संचालनमा रहेको औषधी पसलहरु तालाबन्दी

385
SHARES
507
VIEWS

बारा । प्रक्रिया नै पूरा नगरी रौतहटको विभिन्न स्थानमा खुलेका औषधी पसल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटेको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटको पाँच वटा औषधी पसलमा आज बुधबार ताला लगाइएको हो । अनुगमन टोलीले चन्द्रपुर नगरपालिकामा रहेको चपुर सिटी हस्पिटलको फामेर्सी, डल्फिन फार्मेसी, आयु मेडिकल हलमा तालाबन्दी गरेको शाखा प्रमुख अरबिन्द बानियाँले जानकारी दिए । उनका अनुसार ती फामेर्सीले दर्ता प्रकृया नै पूरा नगरी सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरी कारबाही अगाडि बढाइएको हो । फामेर्सी सञ्चालकलाई औषधी व्यवस्था ऐन २०३५ बमोजिम कारबाही हुने छ । यसैगरी, पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा रहेको ‘ट्रमा सेन्टर’ को औषधी पसल पनि दर्ता नभएको तर पक्रिया अघि बढाइएको पाइएकोले सात दिनभित्र दर्ता गरी जानकारी दिन सचेत गराइएको शाखा प्रमुख बानियाँले बताए । नवीकरण नगरिएका फामेर्सीको हकमा भने नवीकरणका लागि सात दिनको समय दिइएको छ । यसैबिच बिना दर्ता फामेर्सी सञ्चालन गरेको र प्रतिबन्धित औषधी बिक्री गरेको मौलापुरको पटेल मेडिकल हलका सञ्चालक ओमप्रकाश पटेलविरुद्ध जिल्ला अदालत गौरमा मुद्दा दर्ता भएको छ । बौधिमाई नगरपालिकाको कोपवाको दुई वटा औषधी पसलमा सिलबन्दी गरिएको छ भने पछिल्लो तीन दिन भित्र रौतहटमा करिब दुई दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरिएको छ । प्रक्रिया पूरा नगरेका केही औषधी पसलले भने अनुगमन टोली आउने जानकारी पाएर पसल नै नखोली सम्पर्कविहीन भएको शाखा प्रमुख बानियाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित