बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्जमा बुधबार किरातेश्वर महादेव मन्दिरको उदघाटन गरिएको छ । वडा कार्यालय र स्थानीयको सहयोगमा निर्माण गरिएको मन्दिरको वडा अध्यक्ष सुवास श्रेष्ठले उदघाटन गरेको हो । करिब १२ लाखको लागतमा निर्माण भएको सो मन्दिरको धार्मिक विधि अनुसार पूजापाठ गरि उदघटन गरिएको मन्दिर हो । मन्दिर निर्माणको लागि जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर २१ को कार्यालयले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पाँच लाख रुपैया सहयोग उपलब्ध गराएको थियो भने स्थानीयबाट सात लाख चन्दा सहयोग संकलन भएको थियो । मन्दिर उदघाटन कार्यक्रममा जीतपुरसिमरा वडा नम्बर २१ का जनप्रतिनिधिसहित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष बटुककुमार कार्की, स्थानीय युवा अगुवा विनय साह, विकास साह, सुवास श्रेष्ठ, विकास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।






















Discussion about this post