पत्रकार मेहता सवारी दुर्घटना सामान्य उपचारपछि घर

397
SHARES
522
VIEWS

बारा । बाराका पुराना पत्रकार एवंम रेडियो निजगढका सिम्रौनगढ सम्वाददाता रामेश्वर मेहता मोटरसाइकल दुर्घटनामा परेर आइतबार घाइते भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका निवासी मेहता रौतहटको परसवास्थित ससुरालीबाट घर फर्किने क्रममा रौतहटको मौलापुरको बकैया नदी नजिक सडकमा दुर्घटनामा परेको थियो । मेहताको आँखा तथा मुखमा चोट लागेको छ । रौतहटको मौलापुर अस्पतालमा उपचारपछि आइतबार नै घर ल्याएका मेहताको स्वास्थ्य अवस्था सामान्य रहेको छोरा चन्दन मेहताले जानकारी दिए । त्यस्तैगरि उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा हिजो भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका– ७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुली दुधौली नगरपालिका- १४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका  चालक दुधौली नगरपालिका- १४ का सागर सुनारको अवस्था भने गम्भीर छ । यसैगरी, धनगढीमाइ नगरपालिका– १० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका– ५ का ५७ वर्षीय अजबलाल साहको पनि मृत्यु भएको छ ।

त्यस्तै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना– ५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस– ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका– १ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव ९ दिनपछि आइतबार बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार दुर्घटना भएको करिब एक सय मिटर तल नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । रानाको शवलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीबाट उद्धार गरी शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताए । यही फागुन २ गते नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा रोहित सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल सडकमै अडिएको थियो भने रोहित त्रिशूलीमा खसेका थिए । रोहित भारतीय सेनामा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित