बारा । अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुर बाराले सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ । पोष्टका सहायक निरीक्षक काशिन्द्र यादवले नेतृत्वमा ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीको टोलीले सवारी साधनको चेकजाँचमा कडाइ गरेको हो । ट्राफिक प्रहरीले जितपुर बजार र आसपासका निषेधित क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकल, अटोरिक्सा, ट्रक, पिकअप, भ्यान, बस लगायतका सवारी साधनहरूमा दैनिक अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाइएको हो । प्रहरीले ब्लुबुक तथा चालक अनुमतिपत्रको अनिवार्य चेकजाँच गरिनुका साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियम लागू गरिएको जनाएको छ । ट्राफिक प्रहरीको टोलीले विद्यालयको बसमा क्षमताभन्दा बढी विद्यार्थी कोच्न नपाइने तथा यात्रुवाहक बसमा सिटभन्दा बढी यात्रु राख्न नपाइने नियम पालना गराउन पनि निर्देशन दिएको छ । ट्राफिक निरीक्षक यादवले नियम उल्लङ्घन गर्ने चालकलाई सम्झाइबुझाइ छाडिएको तर पुनः गल्ती गरेमा जरिवाना सहित कानुनी कारबाही हुने चेतावनी दिएको छ ।






















Discussion about this post