बारा/दिपेन्द्र जयसवाल । बाराको पचरौता नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव नरेन्द्र परियार हाजिर भएको छ । आइतबार नगरपालिकाको सभा हल बेनैलीमा भएको कार्यक्रममा नगर प्रमुख जलन्धर सिंहले प्रमुख प्रशासकीय अधिकृत परियारको स्वागत गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत परियारले आइतबारबाटै पदभार ग्रहण गरेर कार्यालयको कामकाज शुरु गरेको छ । परियार यसअगाडि गृह मन्त्रालयमा उपसचिव पदमा कार्यरत थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेपछि परियार पचरौता आएको हो । नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव स्तरको कर्मचारी पाएकोमा खुःसी लागेको बताउँदै आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहमा सुधार आउने विश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा पचरौता नगरपालिकाकी नगर उपप्रमुख नसीमा खातुन, नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवलगायत कार्यपालिकाका सदस्य तथा कार्यालयका शाखा प्रमुख र कर्मचारीहरुले परियारलाई अबिर, फुलमाला एवमं दोसल्ला ओढाएर स्वागत गरेका थिए । नगर प्रमुख सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।






















Discussion about this post