निजगढ/काठमाण्डौं द्रुत मार्गको भौतिक प्रगति हलसम्म ३८ प्रतिशत पुरा

401
SHARES
528
VIEWS

बारा । निजगढ– काठमाण्डौं द्रुत मार्गको भौतिक प्रगति हलसम्म ३८ दशमलव २६ प्रतिशत पुरा भएको नेपाली सेनाले जनाएको छ । आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख (उपरथी) कमलविक्रम शाहले २०८३ चैतभित्रै आयोजना पुरा गर्ने गरी काम भइरहेको जानकारी दिए । सडक निर्माणमा आवश्यक रुख कटान प्रक्रिया झन्झटपूर्ण रहेको सेनाको भनाई छ । रुख कटान प्रक्रिया भइरहेको उल्लेख गर्दै आयोजना प्रमुख शाहले सबै रुख कटान गर्न ११ महिना लाग्ने बताए । २०७८ वैशाखबाट द्रुतमार्ग निर्माणको काम थालेको नेपाली सेनाले भौतिक प्रगति अहिले थोरै देखिए पनि पछि ह्वात्तै बढ्ने दाबी गरेको छ । गाह्रो काम अहिले गरिरहेको बताउँदै उनले सो काम पुरा भएपछि काम ह्वात्तै बढने उपरथी शाहको भनाई छ । रुख कटानले गाह्रो बनाएको पनि सेनाले जनाएको छ । ललितपुरको खोकनामा द्रुतमार्ग निर्माण गर्नेबारे स्थानीयले गरेको विरोधका कारण आयोजनाको समय लम्बिनेतर्फ सेनाले सङ्केत गरेको छ । खोकनाको विवादका कारण समय बढ्न सक्ने उपरथी शाहको भनाई थियो । गत असोजमा परेको अविरल वर्षाको कारण मख्खुबेसीदेखि सिस्नेरीसम्मको भौगोलिक अवस्थामा परिवर्तन आएको सेनाले जनाएको छ । उपरथी शाहले असोजमा आएको वर्षाको कारण पुलको उचाइ बढाउनुपर्ने अवस्था आएको बताए ।  ७ वटा सुरुङमध्ये २ वटा सुरुङ ब्रेक थ्रु भएको र लक्ष्य अनुसार काम सम्पन्न गर्ने कोसिस भइरहेको सेनाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित