निजगढ नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

393
SHARES
517
VIEWS

बारा । राष्ट्रिय  प्रजातन्त्र दिवसको निजगढ नगरपालिकाले बुधबार नेपालको प्रजातान्त्रिक अभ्यासमा जनप्रतिनिधि, राजनैतिक दल र विद्यार्थीको भूमिका“ बिषयमा  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नगर कार्यपालिकाको कार्यालय निजगढको प्राङ्गणमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख, कार्यपालिका सदस्यहरु र सुरक्षाकर्मी, संचारकर्मीलगायतको उपस्थिति  रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विद्याथर्थीहरुले नगरपालिकाको भावी योजना र शिक्षा क्षेत्रको विकासको लागि गरेको कामको बारेमा जिज्ञासा राखेका थिए । नगर प्रमुख सुरथ पुरीलगायत राजनीतिक दलका प्रमुखहरुले विद्यार्थीहरुको जिज्ञासामा आफनो धारणा राखेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व प्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले प्रजातन्त्रको सुदृढीकरणमा विद्यार्थी, जनप्रतिनिधि र राजनीतिक दलको भूमिका बारेमा बोलेका थिए । उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन नगरपालिका कार्यालयका योजना अधिकृत अजय उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित