निजगढ प्रहरीद्वारा फरार प्रतिबादीलाई पक्राउ

421
SHARES
554
VIEWS

बारा । निजगढ प्रहरीले चेक अनादर मुद्दामा फरार रहेका निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका तिलकबहादुर राउतको छोरा अन्दाजी वर्ष ४० को मोहनबहादुर राउतलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ दिपनगर टोलमा डेरा गरी लुकीछिपी बस्दै आएको अवस्थामा राउतलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि कास्की जिल्ला अदालत पोखरा पठाएको छ । जिल्ला अदालत कास्कीले चेक अनादर सम्बन्धि मुद्दामा जिल्ला अदालत कास्कीले गत असार २१ गते बिगोबापत २ वर्ष कैद फैसला सुनाएपछि राउत फरार बनेका थिए ।  राउतलाई हेटौडा हुदै सडक मार्गबाट कास्की जिल्ला अदालत पोखरा पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । त्यसैगरी नागरिकता मुद्दामा अदालतबाट जरिवाना पाएका पाँच जना प्रतिवादीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका– ५ बस्ने शिवगोबिन्द महरा, उदयनारायण सिंह चनौ, सत्यनारायण यादव, रामचन्द्र महतो कोईरी र अच्छेलाल राउत रहेका छन् । पक्राउ परेकाहरुलाई अदालतले नागरिकता मुद्दामा पाँच हजार जरिवाना तोकेकोमा फरार रहदै आएका थिए । ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलिले लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित