बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएकोमा गम्भीर आपत्ति

416
SHARES
547
VIEWS

बारा । बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै राष्ट्रिय एकता अभियान, बाराले गम्भीर आपत्ति जनाएको छ । संगठनले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्ता नामकरण खारेज गर्न आग्रह गरेको छ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार जिल्लाको कोल्हवी नगरपालिका– ७ धोधरपा गाउँस्थित ‘अंसारी चौक’ र फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारस्थित ‘मुस्तफा चौक’ जस्तानामकरणहरू नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले हटाइनुपर्ने माग गरिएको हो । ज्ञापनपत्रमा नेपालका ऐतिहासिक तथा सांस्कृतिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र यस्ता गतिविधि पुनः नदोहोर्‍याउने दीर्घकालीन नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । संगठनका अनुसार नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मुलुकको मौलिक पहिचान मेटिने खालका नामकरणहरू अस्वीकार्य छन् । राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय गरी उचित कारबाही गर्न माग गरेको छ । संगठनका संरक्षक सेवक सौरभनाथ बाबा, बारा–पर्सा प्रभारी राजेश यादव लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेर ज्ञापनपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित