बारा । बाराको निजगढ नगरपालिका-९ नम्बर वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका १५ जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।
सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन् । वडाका अधिकांश नागरिक आफैँले रकम तिरेर स्वास्थ्य बिमा गरे पनि आर्थिक अभाव कमजोर भएका १५ जनाको वडा कार्यालयले सबै शुल्क तिरेर स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष रामचन्द्र कटुवालले बताए ।

‘वडाभित्र रहेका सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगुन् भन्ने उद्देश्यले बिमा गर्न नसकेका नागरिकको पहिचान गरी वडा कार्यालयको लक्षित वर्गलाई बजेटबाट स्वास्थ्य बिमा गरिदिएका हो । आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष कटुवालले बताए ।

त्यस्तै निजगढ-९ की स्वास्थ्य विमा कर्ता रमा अधिकरीले यसै निजगढ- ९ नम्बर वडामा १ हजार ५० घर धुरी रहेकोमा स्वास्थ्य विमाम आवद्ध परिवार संख्या ३ सय २० जना, जेष्ठ नागरिक २ सय जना, पुर्ण अपांग संख्या ६ बिमामा आवद्ध स्वास्थ स्वयेम सेविका संख्य १ बिमामा आबद्द बिपन्नबर्ग परिवार संख्या १५ रहेका छन् । (जेष्ठ नागरिक, पुर्ण अपांग, स्वास्थ स्वयम् सेविका, बिपन्न बर्ग परिवार र उनिहाहरु लक्षित बर्गमा पर्नु हुन्छ) भने लक्षित वर्गमा समावेश गरिएको छ । आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको लक्षित वर्गहरुले बताए ।




















Discussion about this post