बारा । जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्ग र ईलाका प्रहरी जितपुरसिमरा नायब उपरीक्षक (डिएसपी) सुभद्र वाईबालाई नेपाल तामाङ्ग घेदुङ्ग बाराले स्वागत गरेका छन् । नेपाल तामाङ्ग घेदुङ्ग बाराले बिहिबार स्वागत तथा सोनाम ल्होछार कार्यक्रमलाई निमन्त्रणा समेत दिन कार्यालयमै पुगेर एसपी तामाङ्ग र डिएसपी वाईबालाई स्वागत गरेको हो । बारा जिल्लाले एकैचोटि एसपी र डिएसपी पाएको यो पहिलो हो । बारा जिल्लाले एसपी र डिएसपी पाएकोमाबबारा घेदुङ्ग हर्षित छन । अब बारा घेदुङ्गले ग्रामीण तथा स्थानियस्तरमा शान्ति सुरक्षा, अमन चयनका लागि जिल्ला तथा स्थानीय प्रहरी प्रशासनसँग समन्वय गर्ने बारा घेदुङ्ग जिल्ला अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए ।
त्यस्तै एसपी तामाङ्गले जिल्लावासीलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाउन जनसेवक जनप्रतिनिधि र राष्ट्रसेवक प्रहरीबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएको छ ।
उनले शक्ति र पहुँचको आडमा न्याय तथा सजाय दिलाउने गरेको भन्ने जन गुनासो हुन नदिने बताएको छ ।
जिल्ला प्रहरी प्रमुख तामाङ्गले जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफू सदैव तत्पर रहने बताए । उनले शान्ति सुरक्षाका सवालमा आफू स्पष्ट रहेको र निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । एसपी तामाङ्गले समाजमा घट्ने संगठित अपराध, महिला तथा यौनजन्य हिँसा, साइबर क्राइम, जातीय छुवाछुत , अवैध बस्तुको आयात निर्यात, गुण्डागर्दी , लुटपाट लगायत सवै खाले अपराधहरुको नियन्त्रण तथा रोकथामका लागि कडाईको साथ उत्रने बताए । अपराधमा पनि गुण्डागर्दी अझै खतरनाक अपराध भएकाले यस्ता गतिविधिलाई रोक्न तथा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आफु प्रतिवद्ध रहेको बताए । नागरिक समाज, राजनीतिक दल तथा जनप्रतिनिधिले अपराधिक घटनाहरुको सुचना प्रवाह गर्न प्रहरी संग मिलेर समन्वय तथा सहगोग गर्ने हो भने अपराध नियन्त्रणमा सफलता मिल्ने देखिन्छ ।






















Discussion about this post