बारा । नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ । मंगलबार नेपाल टेलिकम दुरसंचार कार्यालय कलैयाले प्रभातफेरि गरेर आफ्नो २१ औं वार्षिकोत्सव मनाएको हो । नेपाल टेलिकम दुरसंचार कार्यालय कलैयाको परिषरबाट निकालिएको प्रभातफेरि कलैया नगरको परिक्रमा गरि पुनः कार्यालयमा आएर सम्पन्न गरेका हुन ।
नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ ।कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता सहित नयाँ अपहर जारी गरेको छ । सो अवसरमा कम्पनीले विशेष एनिभर्सरी प्याकेज अफर ल्याएको छ। माघ २२ देखि फागुन ८ सम्म लागू हुने यो योजना अन्तर्गत ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिटेड डाटा प्लस १२० मिनेटको भ्वाइस प्याकेज उपलब्ध गराइनेछ ।
त्यसैगरी, ४९९ रुपैयाँमा १ महिनाको समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल प्याकेज, ५९९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक र ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइनेछ। एफटीटीएच ग्राहकका लागि कम्पनीले नयाँ अफर ल्याएको छ जसमा वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा र दुई वर्षको प्याकेजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले ५ एमबीपीएस गतिमा २० जीबी डाटा प्रयोग गर्न सकिने दैनिक टिकटक प्याकेज ४८ रुपैयाँमा र साप्ताहिक प्याकेज १७० रुपैयाँमा उपलब्ध गराएको छ ।
२०८१ मंसिर महिनाको अन्त्यसम्म, कम्पनीका भ्वाइस सेवाका ग्राहक २ करोड १२ लाख ४२ हजार र इन्टरनेट तथा डाटा सेवाका ग्राहक २ करोड ११ लाख भन्दा बढी पुगेका छन् । नेपाल टेलिकमको 4G सेवा नेपालभर विस्तार गर्दै ७७ जिल्लामा यसको पहुँच पुगेको छ र आगामी दिनहरूमा 5G प्रविधिको परीक्षण र कार्यान्वयनको लागि तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो एफटीटीएच सेवा विस्तारको लागि हालसम्म ७७ जिल्लामा सेवा उपलब्ध गराइसकेको छ, जसले देशभरको ग्राहकलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।






















Discussion about this post