रतनपुर/उमेश घलान । बाराको निजगढ नगरपालिका –११ रतनपुरमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम तथा ल्होछार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराको साथ साथ कार्यक्रम गर्न लागिएको हो ।
तामाङ समुदायको सांस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछार अर्थात् ‘डु ल्हो र पुख्री, सर्प बर्ग’को अवसरमा सन्तुक पल्लेरी गुम्बा र नेपाल तामाङ्ग घेदुङ्ग वडा समितिको संयुक्त आयोजनामा यही माघ १७ गते बिहिबारका दिन देखि २० गतेसम्म ३ दिन बृहत सोनाम ल्होछार मेला कार्यक्रम गर्न लागिएको हो । ल्होछार मेलामा विभिन्न मनोरञ्जनका स्ट्ल र राष्ट्रिय तथा ख्यती प्राप्त र स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ । मेलामा तामाङ समुदायको पुरानो मौलिक संस्कृति झल्किने नाँच एवम् कलाहरुको प्रदर्शनी गर्ने गर्ने आयोजकले जनाएको छ । तामाङ्गहरुको पहिचान र पर्यटन क्षेत्र रतनपुरको धार्मिक तथा मैत्रीभुमी, शक्तीश्वार गुफा र बाराको एक मात्र शितल झर्नाको प्रवर्द्धनका निम्ति पनि यो मेलाको आयोजना गरेको आयोजक समितिकाले जानकारी दिए ।






















Discussion about this post