राष्ट्रिय युवा संघ निजगढद्वारा नि:शुल्क स्वास्थ्य शिविरमा स्थानीयले लिए सेवा

404
SHARES
531
VIEWS

बारा  ।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघको निजगढ नगर कमिटीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले सहिद दिवसको अवसरमा निजगढ-३ सिंगौलको लालीगुरास आधारभूत विद्यालयमा आयोजना गरेको शिविरमा ३ सय ८० जनाले निःशुल्क सेवा लिएको जनाइएको छ ।

निजगढ सिटी अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा निजगढ-३ सिंगौलका स्थानीयले सेवा लिएका थिए । शिविरमा विरगंज बायोध हस्पिटलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ   डा. अस्मिता उपाध्याय द्विवेदी र डा. मनबोध कुमार साहले सेवा प्रदान गरेका थिए ।

युवा संघ नगरका अध्यक्षका घनश्याम तिमल्सिनाको अध्यक्षतामा भएको सो शिविरमा एमाले नगर अध्यक्ष तथा निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य तिलक घलान र दिपिका साह लगायतको उपस्थित रहेका थिए । युवा संघ नगर सचिव प्रशान्त लामाले कार्यक्रमको सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित