प्रथम रामनगर सोनाम ल्होछार महोत्सव सुरु

397
SHARES
523
VIEWS

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव आज माघ १४ गतेबाट सुरु भएको छ ।

“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना लागिएको हो ।

महोत्सव एक हप्ता तथा माघ २० गतेसम्म रामनगर स्थित खेल मैदानमा संचालन गरिने छ । उक्त महोत्वसको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उदघाटन गरेका थिए ।

विशेषगरी २८६१ औ ल्होसार पर्वको अवसरमा स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, साम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्वसलाई संयुक्तरूपमा आयोना गरेका हुन ।  महोत्वसका संयोजक भने रामनगर युथ क्लब रहेका छन । भने नेपाल तामाङ्ग वड घेदुङ्ग र साम्ते लिङ्ग गुम्बालगायतका संचालक समितिहरु महोत्सवका मुलसमितिहरु रजेका छन ।

यसैगरी महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि, मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छन भने संरक्षकमा जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।

महोत्सवमा आकर्षकमा तामागङ्ग जातिहरुको परम्परागत झाँकीहरु, विभिन्न व्यापारीक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा, बालउद्यान, विभिन्न खानाका परिकारहरु, तामाङ्ग फुडसेस्टीबल समेत राखिएका छ्न ।

यस्तैगरी महोत्सवको हरेक दिन तामाङ्ग कलाकारहरुको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन एवम् नृत्य प्रस्तुति रहने छ ।

महोत्वसमा विशेषगरी मोडल तथा गायकहरु दुर्गेश थापा, ज्योति मगर, उर्गेन दोंङ्ग, मोडल तथा भोजपुरी नायिक प्रिति पासवान, गायक विशाल काल्तान, लोकेन लामा, चर्चित गायिका समिक्षा अधिकारी, जीतु लोप्चन, अनु चौधरी, एलिना चौहान, विन्दु परियार, भोजपुरी चर्चित गायक सुनिल पंडित, चर्चिक गायिका प्रिती आले, सोनु कस्मी लगायतको नृत्य तथा प्रस्तुति रहने आयोजकले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर गंतानको अध्यक्षतामा भएको महोत्सव कार्यक्रमलाई जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पौडेलले पानसमा दियो बालेर महोत्सवको शुभराम्भ गरेका थिए । भने महोत्सवलाई प्रमुख अतिथि उपमहानगर प्रमुख राजन पौडेल, नेपाल तामाङ्ग धेदुङ्ग बारा जिल्ला अध्यक्ष सुर्य घलान, नेपाल तामाङ्ग घेदुङ्ग रामनगर वडा घेदुङ्ग अध्यक्ष भिमबहादुर गंतान पुर्व वडा अध्यक्ष नवराज खड्काले सम्बोधन गरेका थिए । उदघाटन कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समितिका सचीव हिरा दोङ्ग, कोषाध्यक्ष राजु लामा, नेपाल तामाङ्ग घेदुङ्ग जितपुरसिमरा नगर घेदुङ्ग अध्यक्ष साजन लामा । त्यस्तैगरि नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रीय देखी प्रदेश सदस्यहरुमा लक्ष्मी बल, सुनमाया लोप्चन, रोशन पाख्रीन, नेपाल तामाङ्ग घेदुङ्ग कोल्हवी नगर अध्यक्ष गोपलाल लामा, घेदुङ्ग निजगढ नगर अध्यक्ष शंकर थोकर त्यस्तैगरी राजनीति दल तथा समाजसेवी श्रीकाजी मोक्तान, चतुरबाबू वाग्ले, हिरा गुरुङ्ग, धनबहादुर श्रेष्ठ, सुभाष श्रेष्ठ, चयन गुरुङ्ग, जितपुरसिमरा वडा नम्बर १७ का वडा सदस्य प्रदीप चौधरी, ललिता देवि र जनाकी चौधरी  रामनगर युथ क्लबका अध्यक्ष साजन थिङ्ग र साम्ते लिङ्ग गुम्बाका अध्यक्ष कमल थिङ्गलगायतका विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रमलाई अझ आकर्षण उर्जा दिनकालागि साम्तेम मोक्तान, लोकेन लामा, रेशमा बोम्जन, हिरा दोङ्ग र प्रतप हुगाईले गायन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित