बारा । जनज्योति सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष खडकबहादुर मोक्तानको अध्यक्षतामा भएको सो साधारण सभाको उदघाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले राज्य कमजोर भएको बेला नेपालको वन क्षेत्र फडानी र विनास हुने क्रम बढेको र जनताले नै वनको संरक्षण गर्दैआएको बताए ।
कार्यक्रममा वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले देशको सबै क्षेत्र भ्रष्टाचारमा लिप्त भएको र सबैभन्दा बढी भ्रष्टाचार वन क्षेत्रमा रहेकोले यसको जालो हटाउन उपभोक्ताहरु नै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोइराला, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेबी लामिछाने, निजगढ गाविसका तत्कालिन अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइराला, जनहित सामुदायिक वन समूहकी अध्यक्ष चन्द्रीका मगर, निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख निरोज पोखरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष मोक्तानले वन समूहको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक कृष्ण पण्डितले लेखा समितिको प्रतिवदेन र कोषाध्यक्ष देवकी श्रेष्ठले समूहको आयव्यय प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष मोक्तानको अध्यक्षतामा भएको सो सभाको संचालन सचिव रामकुमार सिन्जालीले गरेका थिए ।






















Discussion about this post