पचरौता नगरपालिकामा पालिका हुलाक सेवा स्थापना

391
SHARES
515
VIEWS

दिपेन्द्र जयसवाल । बारा जिल्लाको पचरौता नगरपालिकामा पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति अन्तर्गत पचरौता नगरपालिकामा हुलाक सेवा कार्यालयको उदघाटन गरिएको हो । जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जलन्धर सिंहले कार्यालयको उदघाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयसंग आग्रह गरे । कार्यालय उदघाटन कार्यक्रममा वडा नम्बर ५ का  वडा अध्यक्ष एवम्  पचरौता नगरपालिकाका प्रवक्तासमेत रहेकी लक्ष्मी यादव, गगनदेवप्रसाद यादव, जिल्ला हुलाक कार्यालय बाराको प्रमुख लगायतको सभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित