महागढी मन्दिरमा तोड्फोड गर्ने ३ जना पक्राउ

395
SHARES
520
VIEWS

बारा । बाराको महागढ़ीमाई नगरपालिकाको वडा नम्बर १ मा अवस्थित गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गतेका दिन हुलहुज्जत गर्दै मन्दिरभित्र प्रवेश गरी तोडफोड गर्नुको साथै दर्शनार्थीले चढाउँन ल्याएका परेवा लुटेको आरोपमा प्रहरीले महागढ़ीमाई नगरपालिका वडा नम्बर १ का १९ बषिय अरमान अंसारी, सोही वडाका ३६ वर्षीय विद्यासागर पटेल र रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर २ का २३ बषिय एजाज अंसारीलाई पक्राउ गरेको हो । पञ्चबर्षिय मेला चलिरहेको अवस्थामा मन्दिरमा चढाउन ल्याइएका परेवा लुटपाट गर्नुको साथै उनीहरुले गढीमाई मन्दिर परिसरमा रहेको घण्टी, पंखा, त्रिशूल, सि.सि. क्यामरा, दान पेटिकालगायतका सामानहरु तोडफोड गरी नोक्सानी पुर्‍याएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरी उनीहरुलाई पक्राउ आवश्यक कानूनी कारबाहीअघि बढाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित