तामाङ्ग घेदुङ्ग मकवानपुरले २८६१ औं मनाउदैं, सम्पुर्ण तयारी पूरा

391
SHARES
515
VIEWS

बसन्त लामा सिङ्गौल । नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुरले २८६१ औं सनाम लोछर मनाउने भएको छ । ग्जेदुङ्ग मकवानपुरले “सस्कृति तामाङ शान, भाषा धर्म सस्कृतिको जगेर्ना हाम्रो पहिचान, भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ मकवानपुरले ल्होछार कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त आयोजित ल्होछार कार्यक्रम मकवानपुर बकैया गाँउपालिका वडा नम्बर १ वडा कार्यालयको सहआयोजनामा हुँदै छ । मन्जुश्री सम्बत २८६१औं (डु ल्हो) अर्थात सर्प वर्षको पावन उपलक्ष्यमा भोलि पौष १२ गते बकैया गाउँपालिका वडा नम्बर १ चिसापानी स्थित खेलमैदानमा सोनाम ल्होछार बृहत संस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा माननीय बहादुर सीं लामाको प्रमुख आतिथ्यतामा उदघाटन हुने आयोजकले जनाएको छ । सो कार्यक्रममा विशिष्ट अतिथिमा बागमती प्रदेश सदस्य तथा माननीय प्रेम पुलामी (छिन्तु ) अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष आशिष तितुङ लगाएत पुर्व वडा अध्यक्ष बुद्धिमान वाइवा राजनीतिक दलका प्रतिनिधिहरु रहने आयोजकले मधेश प्रवाहलाई जानकारी दिएका थिए । सोनाम ल्होछार अवसर संस्कृतिक कार्यक्रमलाई ख्याती प्रापत गायक मदन लामा, लमु शेर्पा, शुसिल तामाङ, चेतन स्याङतान, जनक स्याङतान, मनोज वल र प्रतिक ब्लोनलगायतको प्रस्तुती रहनेगरी आयोजकले तयारी थालेको छ । त्यस्तै कार्यक्रममा स्थानीय कलाकार अमिर लोप्चन र संग्राम गोलेलगाएत अन्य स्थानीयले समेत आफ्नो गीत राख्ने बकैया गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्ष आशिष तितुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित