बारा । कुनै समय एनआइसी एसिया बैंकलाई भनिन्थ्यो- बैंक पनि साथी पनि । अब यो नारा बदलिएर ‘बैंक पनि गुण्डा पनि’मा परिणत भएको छ । उसै पनि बैंकलाई टाइ लगाएको गुण्डा भनिँदै आएको छ । भने त्यही टाइ लगाएको गुन्डाका रूपमा चिनिने एनआइसीबाट धेरै सर्वसाधारणको रकम स्वाहा र घरवारविहीन भएको छ ।
सर्वसाधारणले खाइ नखाई, रगत, पसिना बगाएर आर्जेको रकम बैंकमा विश्वास गरेर राख्छन् र ॠण लिन्छन तर बैंकको सेवा विश्वासनिय नहुँदा केयाैंकाे हातैबाट रकम गायब र घर लिलाम भएको छ ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि, यही मूल नारा लिएर गाउँ–गाउँ पुगेको एनआईसीले साथीकै राम्रो सम्पत्ति हड्पने गरेको तथ्य खुलेको छ ।
एन आईसी एसिया बैंक बिरगंज पावर हाउस शाखाले करोडौको घर लाखमा लिलामी गरे पछि अहिले पिडित परिवार बिचलित भएको छ ।एनआईसी एसिया बैंकले करिब १ करोड २० लाखको घर २३ लाखमा मात्र लिलामी गरे पछि पिडित परिवार अहिले घरबिहिन हुने अवस्थामा पुगेको छन ।
बाराको प्रसौनी गाउँपालिकाको वडा नम्बर १ को कित्ता नम्बर ४८४ को ८ धुर जग्गामा बनेको ३ तल्ले घरको एनआईसी एसिया बैंकले २३ लाख मात्र मुल्यांकन गरेको छ भने उक्त जग्गाको मुल्यांकन पनि बैंकले घर सहित गरेको मुल्यांकन भन्दा दोब्बर रहेको स्थानियहरुले बताएको छ । घर धनी अहिले आफू घरबिहिन बन्ने अवस्थामा पुगेको बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर बताए । एनआईसी एसिया बैंकको म्यानेजर प्रसौनी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष लालबाबु मुखियाको मिलोमतोमा करोडौ को जग्गासहित घरको मुल्यांकन कम गरिएको घरधनीले आरोप लगाएको छ ।
घरधनी कृष्णा शर्माको अनुसार बैंकबाट आफुले २ ठाउँको जग्गा सहितको घर धितो राखेर ७० लाख ऋण लिएको र २ किस्ता मात्र पैसा बुझाउन नसके पछि बैंकले आफ्नो जग्गा सहितको घर लिलामी प्रक्रियामा अगाडि बढाउदा आफुले उक्त घर र जग्गा पुनः लिनको लागि बैंकमा पैसा जम्मा गर्दा समेत बैंकले वडा अध्यक्षको मिलोमतोमा ४ महिना पछि पैसा फिर्ता दिएको तर उक्त जग्गा सहितको घर लिलामिमा अरुलाई दिएको आरोप लगाए । वडा अध्यक्ष लालबाबु मुखियाले सो जग्गा आफ्नै भाइ बुहारीको नाममा सकार गरेको रहस्य बाहिर आएपछि बैक र मुखियाको मिलोमतो रहेको आंशाका गरेका हुन ।
वडा अध्यक्ष लालबाबु मुखियाले बैंक संगको मिलोमतोमा जग्गा सहितको घरको कम रकम मुल्यांकनमा देखाएर बैंकलाई पत्र पठाएको र वडा अध्यक्ष मुखियाले नै आफ्नो ब्यक्तिलाई लिलामीबाट घर सकार गर्न लाएको घरधनी शर्माले वडा अध्यक्ष माथी आरोप लगाएको छ ।करोडौंको जग्गा सहितको घरको बैंकले कुन आधारमा २ वटा घरको ५७ लाख मात्र मुल्यांकन गरेको हो भनेर अहिले प्रश्न उठिरहेको छ । बैंक जस्ता संस्थाको गैरजिम्मेवार पनको कारण आज शर्मा परिवार घरबिहिन बन्ने अवस्थामा पुगेको छ । वडाध्यक्ष लालबाबु मुखिया पटक पटक घरमा आएर घर खाली गर्न आफुहरुलाई दवाब दिने गरेको घरधनी कृष्णा शर्माले बताए । घरधनी भने बेलाबेलामा वडा अध्यक्ष ज्यु आएर हाम्रो घरमा “हामिलाई धर्काउनु हुन्छ र घरमा तोडफोड समेत गर्नु हुन्छ” शर्माले भने´।






















Discussion about this post