फोनिज बाराको चौथो अधिवेशनबाट पनुहर चयन

406
SHARES
534
VIEWS

बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा धिरेन्द्र पनुहर सर्वसहमत चयन भएको छ । मंगलबार बाराको नरहीमा भएको चौथो जिल्ला अधिवेशनबाट पनुहरलाई सर्वसम्मतिले चयन गरेको हो ।
उपाध्यक्षमा प्रकाश श्रेष्ठ , महिला उपाध्यक्षमा  ईन्दिरा चौधरी , सचिवमा जितेन्द्र प्रसाद चौधरी , सह सचिवमा वसन्त लामा , कोषाध्यक्षमा विनिता चौधरी सर्वसहमतीबाट चयन भएको बारे नेपाल आदिवासी जनजाति  पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा मुकेश चौधरी, राजकुमार लामा, उमेश घलान चयन भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, अग्रज पत्रकार सत्य प्रसाद श्रेष्ठ, पर्यटन पत्रकार संघका अध्यक्ष पवन यादव, पत्रकार रमेश साह , प्रभु यादव, थारू अगुवा भुवन चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जनजाती पत्रकार महासंघ (फोनिज) बाराका अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन धिरेन्द्र पनुहरले गरेका थिए भने । स्वागत मन्तव्य विनिता चौधरीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित