राप्रपा निकट भातृ संगठन प्रजातान्त्रिक उत्पीडन निजगढ नगर गठन, अध्यक्षमा गोपी विश्वकर्मा

426
SHARES
561
VIEWS

बारा । बाराको निजगढ नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनको पहिलो निजगढ नगर समिति  गठन भएको छ । शुक्रबार भएको भेला तथा अधिवेशनले गोपी विश्वकर्माको अध्यक्षतामा ११  कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए । कार्यसमितिकोबगोपी विश्वकर्माको अध्यक्षतामा ११ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यस्तैगरि उपाध्यक्षमा रमिला बि.क. सचिवमा शान्ता नेपाली, कोषाध्यक्षमा गोमा परियारलाई भेलाले सर्वसम्मत चयन गरिएका थिए । त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठन कार्यसमितिको सदस्यहरुमा चन्द्रकुमारी बि.क., राधिका परियार, खड्गमाया बि.क. शोभा नेपाली, सावित्री बि.क. सुशिला बि.क. र अप्सरा वि.क. रहेका छन । भने समितिका सल्लाहकारमा मच्छिन्द्र गहतराज र तुलसीराम नेपालीलाई सो भेलाले चयन गरेका हुन । राप्रपा निजगढ नगर समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य प्रशिक्षण विभागका सदस्य तथा धार्मिक अभियन्ता अभिषेक जोशी रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरुमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय अध्यक्ष अमर परियार, पूर्व केन्द्रीय सदस्य सावित्री देवी भारती किसान संगठनका केन्द्रिय सदस्य तथा पृथ्वीनारायण शाहका तस्वीर साखा अभियाम्ता निर्मल खड्का लगायतले  उपस्थितीहरु र नव निर्वाचित कार्यसमितिहरुलाई  बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई राप्रपा निजगढ नगर कार्यसमितिका प्रबक्ता केशव राउतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित