बारा । बाराको निजगढमा रहेका सामाजिक संस्था युथ अफ निजगढको ११औं साधारण सम्पन्न भएको छ । होलि एन्जल्स बोर्डिङ स्कुलमा भएको सो सभाले कमल पराजुलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । शनिबार भएको साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै शनिबार होलि एन्जल्समा सम्पन्न वार्षिक साधारणसभाबाट अध्यक्ष लगायत कार्यसमितिका सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् । नवगठित कार्यसमितिको उपाध्यक्षमा संतोष पौडेल, महासचिव
लक्ष्मी पाण्डे (मनिता), सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, सहसचिवमा प्रलाद तिमल्सिना छन् भने सदस्यहरू जगतबहादुर न्यौपाने, मुक्तिप्रसाद स्वाँर, मुकुन्द बिष्टलगायत रहेकाछन् । समाज सेवामा सक्रिया
युथ अफ निजगढले निजगढका मिर्गौला पीडित, क्यान्सर, आगलागी पीडितलगायत अति
विपन्नहरूलाई नगद तथा जिन्सी सहयोग प्रदान गर्दै आएको छ । संस्थाका
अध्यक्ष कमल बजगाई सुवाँरको अध्यक्षतामा निजगढ नगरपालिका ९ स्थित होली
एन्जल्स बोडिङ्ग स्कुल परिसरमा साधारण सभा सम्पन्न भएको थियो ।






















Discussion about this post