निजगढ-६ की वडा सचिव पराजुलीलाई फेरि भेटौला तथा विदाई

402
SHARES
529
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ मा २०७६ साल देखि ०८१ साउन सम्म कार्यकाल विताएकी वडा सचिव सुमिता पराजुलीलाई फेरि भेटौला तथा विदाई गरिएको छ । पराजुलीलाई वडा कार्यालयले एक कार्यक्रम विच फेरि भेटौला तथा विदाई गरिएको हो ।

वडा सचिव पराजुलीको बर्दिबास नगरपालिका महोत्तरीमा सरुवा भएको थियो । यस्तै वडा नम्बर ६ को वडा सचिवमा सुजित कर्णले जिम्मेवारी प्राप्त गरेका थिए । वडा सचीव पराजुलीलाई निजगढ नगरपालिकाले ६ महिना अघि गत साउन महिनामा निजगढ नगरपालिका वडा नम्बर ९ मा सरुवा गरेका थिए । पराजुली ६ महिनाअघि वडा नम्बर ६ बाट सरुवा भएर वडा नम्बर ९ मा सरुवा  भएकी हुन् ।

उनलाई वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायत जनप्रतिनिधि तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले फूलमाला र सम्मानपत्रले विदाई गरेको छ ।

कार्यक्रममा बारा निजगढबाट महोत्तरी वर्दिबास  सरुवा भएकी पराजुलीलाई वडा अध्यक्ष घनश्याम तिमल्सिनासहित जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा वर्तमान वडा सचीव सुजित कर्ण वडा सदस्य आशा श्रेष्ठ, मिना सुनार, केशव प्रसाद अधिकारी र कृष्ण बहादुर मोक्तान लगायतका व्यक्तित्वहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित