श्री ग्लोवल बहुउद्देश्यीय साकोसको पाँचौं बार्षिक साधारणसभा सम्पन्न, सामाजिक देखि अस्पताल  समेत संचालन गर्ने

386
SHARES
508
VIEWS

दिपेन्द्र जयसवाल/गंजभवनीपुर । बाराको कोल्हवि नगरपालिका वडा नम्बर १ मा रहेको श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था को पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अनिल ठाकुरको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी भने  कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी रहेका थिए । यसैगरी बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी कुमारी चौधरी, कोल्हवी नगरपालिकाका सहकारी शाखा प्रमुख पुरुषोत्तम ओली, वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, नेपाली काङ्ग्रेस कोल्हवी नगर सभापति बिरेन्द्र चौधरी, सझेदारी वन ब्यब्स्थापन समुहका अध्यक्ष रबिन्द्र पनुहर, ने.क.पा (माओबादी केन्द्र) का नगर अध्यक्ष रामचन्द्र साफी, संस्थाका सल्लाहाकार प्रेम नारायण चौधरी, समाजसेवी अमृत जि.आर, तामागढी हस्पिटलका संचालक बिबेक चौधरी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

यसैगरी कार्यक्रमको अतिथिहरुमा जितिया बहुउद्देश्यीय साकोसका अध्यक्ष भुवन चौधरी, था.क.स कोल्हवी नगर सभापती रामनाथ चौधरी, शान्ती बृद्धा फाउन्डेसनका उपाध्यक्ष भुपेन्द्र चौधरी, ब्यबसायी रामु प्रसाईं, जनशक्ती क्लबका अध्यक्ष खुशी चौधरी, अटुट साकोसका पुर्व अध्यक्ष मुनिकान्त चौधरी, संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौधरी, समृद्ध नेपाल क्लबका अध्यक्ष नागमणी चौधरी र पारस चौधरी, ब्यबसायी प्रमोद साह, समाजसेवी हितेन्द्र चौधरी, संस्थाका गाउँ प्रतिनिधि सुर्य प्रसाद पौडेल, राम अयोध्या चौधरी, बशिस्ठ चौधरी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष जयप्रकाश चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख किसान बस्नेत, र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक कुमारी चौधरी लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

संस्थाको पाँचौ बार्षिक साधारणसभामा सन्चालक समितिको तर्फबाट अध्यक्ष अनिल कुमार ठाकुरले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाको बार्षिक प्रतिबेदन र लेखा प्रतिबेदन ब्यबस्थापक रिता कुमारी चौधरीले गरेकी थिइन । संस्थाले यस बर्ष ७ करोड ५१ लाख ३१ हजार ४ सय ८७ रुपैया १९ पैसाको कारोवार गरेको छ ।

यसै बर्ष देखि संस्थाले श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वास्थ्य उपचार हस्पिटल सन्चालन कार्यबिधी पनि सर्वसम्मत पारित गरेको छ। यो सगै संस्थाले अब देखि आफ्नो स्वामित्वमा तामागढी हस्पिटल लिई सहकारी मार्फत छिट्टै सन्चालनमा ल्याउने पाँचौ सधारण सभा मार्फत बताएको छ। संस्थाले यस बर्ष १६% प्रतिशतका दरले सेयर लाभान्स बितरण  गर्न समेत सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले यति छोटो समयावधिमा यससंस्थाले गरेको प्रगती देख्दा आफुलाई निक्कै खुशी लागेको र आगामी दिनदेखी स्वास्थ्य क्षेत्रमा समेत आफ्नो पाईला चालेकोमा उत्तरोत्तर प्रगतिका साथै संस्थाको उज्व्वल भबिश्यको शुभकामना समेत  दिएका थिए ।

संस्थाकी व्यवस्थापक रिताकुमारी चौधरीले सन्चालन गरेको सो कार्यक्रमको स्वागत मन्त्ब्य भने सस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित