निजगढद्वारा आयोजित राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा २२ स्वर्णसहित  गौरीशंकर प्रथम

394
SHARES
518
VIEWS

बारा । निजगढ नगरस्तरीय चौंथो राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको ट्रफी निजगढ ८ को गौरीशंकर मावि २२ स्वर्णसहित उपाधी विजेता बनेको छ । शनिवार सम्पन्न प्रतियोगितामा छात्रछात्रा तर्फको भलिबल र कपर्दी सहित २२ स्वर्ण, ११ रजत र ४ कास्यसहित ३४ पदक जितेर गौरीशंकरले रनिङ्ग शिल्डको ट्रफी हात पारेको हो ।

प्रतियोगितामा निजगढ ६ को गौरीशंकर मावि सडकटोल दोस्रो र सार्वजनिक मावि तेस्रो भएका छन । गौरीशंकर सडकटोलले ३ स्वर्ण, ४ रजत र ४ कास्यसहित ११ पदक जितेको छ । अघिल्लो संस्करणको ट्रफी विजेता सर्वाजनिक माविले भने १ स्वर्णसहित १४ पदक जितेर तेस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा निजगढ ८ को बकैया ठाकुर मावि र नेरामावि सिंगौलले पनि १-१ स्वर्ण पदक जितेका छन । बकैया ठाकुरले २ रजत र ४ कास्यसहित ७ र नेरामावि सिंगौले १ रजत र २ कास्यसहित ४ वटा पदक हात पारेको छ । स्वर्ण पदक हात पार्न नसकेका नेरामावि रतनपुर र नेरामावि लालले भने रजत र कास्य गरी क्रमस १० र ५ पदक पाएका छन ।
त्यसैगरी प्रतियोगितामा एथलेटिक्समा छात्र छात्र र कपर्दी र भलिबलमा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि गौरीशंकर मावि निजगढ ८ ले नै जितेको छ । गौरीशंकरकी आरोसी चौधरी र जीवन कुशवार कार्की एथलेटिक्समा उत्कृष्ट खेलाडी घोषित हुँदा सोही विद्यालयका नेवाङ्ग लामाले छात्र कपर्दी र अजय चौधरीले भलिबलमा उत्कृष्ट खेलाडी उपाधि पाएका हुन ।

त्यसैगरी छात्रा कपर्दीमा सार्वजनिक माविकी जेनिसा थापा उत्कृष्ट खेलाडी बनिन भने नेरामावि रतनपुरकी रुस्तमा मल्ल ठकुरीले छात्रा भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि पाइन ।निजगढ ११ स्थित रतनपुर माविको प्राङ्गणमा शनिबार पौष १३ गते आयोजना गरिएको प्रतियोगिता समापन कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतले विजयी खेलाडी र विद्यालयलाई ट्रफी, पदक र प्रमाण पत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले खेल क्षेत्रको विकासको लागि निजगढ नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । पुरीले मानिसको शारीरिक र मानसिक विकासको लागि खेलकुद आवश्यक भएको बताए । प्रतियोगितामा निजगढ नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका ३ सयभन्दा बढी छात्रछात्र सहभागी बनेका थिए । समापन कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, गौरीशंकर माविका प्रधानाध्यापक बद्रीनारायण झाले प्रतियोगिताको बारेमा संक्षिप्त मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित