महेन्द्र सहनी/बारा । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते बाराको बरियारपुरमा सुरु भएको छ ।पन्चबर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले काम गरिरहेको छ । गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि मास्टर प्लान बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले सन्चार्कर्मीहरु संगको कुराकानिमा बताए ।
नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन, खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसारनै त्यस्ता साधनहरु र पसलहरुलाई ब्यवस्थापन गरिने बताए । अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरि समिती र उपसमितिले काम गरिरहेको मेला मुल समितिले जनाएको छ ।
विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन परियोजनको लागि पसल राखेको छ त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरि अनुगमन उपसमितीले काम गरिरहेको अनुगमन उपसमितिका संयोजक दिपप्रकाश गुप्ताले सन्चारकर्मीहरु संगको कुराकानीमा यस्तो बताएको हो । पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमितिले कार्वाही गर्न तयार रहेको समेत उनले बताए ।
विश्व प्रसिद्ध पन्चबर्षिय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मेडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मेडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले जानकारी दिए । २४ औं घन्टा चिकित्सक ), नर्श लगायतको टोलिले शिविरमा सेवा प्रदान गरिने जनाएको छ ।






















Discussion about this post