बारा । निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पलयुल साम्तेलिङ्ग गुम्बामा इण्डोनेशियाबाट ल्याइएको सिद्धार्थ गौतम बुद्धको अस्ट धातु दर्शन र पूजापाठ गरेको छ ।गुम्बामा आज सोमवार अस्ट धातु पूजापाठ दर्शन कार्यक्रममा बौद्ध लामा धर्म गुरु खेन रिम्पोछे ग्यालछेनले प्रवचन दिएको छ ।
सो क्रममा निजगढस्थित पूर्वपश्चिम राजमार्गको तामागढीदेखि लालको पलयुल साम्तेलिङ्ग गुम्बासम्म सद्भाव र्यालीको समेत आयोजना गरेका थिए । बुद्धको अस्ट धातु दर्शन र पूजापाठको लागि इण्डोनेशियाबाट पहिलो पटक नेपाल ल्याइएको हो । काठमाडौलगायत देशका विभिन्न बौद्ध गुम्बाहरुमा पूजापाठ गरी सो अस्त्र धातु छिमेकी मुलुक भारत हुँदै पुनः इन्डिोनेशियामा नै पठाइने लामा धर्म गुरु रिन्पोछे ग्याछेनले बताए । कार्यक्रममा हजारौंको संख्यामा भक्तजनहरुको भिड रहेका थिए । त्य्स्तै भक्तजनहरुको रेखदेख र सुविधाको लागि नेपाल तामाङ्ग घेदुङ्ग बाराका कार्यकर्ताहरु स्वयंसेवकको रुपमा खटिएका थिए । भने बारा घेदुङ्गले ५० काटुम मिनरल वाटर सहयोग गरेका थिए । कार्यक्रममा लामा धर्म गुरु खेन रिम्पोछे ग्यालछेनले भगवान बुद्धको अष्ट धातुको बारेमा बौद्ध धर्मलम्वीहरु, भक्तजन अनुयायी र सर्वसाधारणलाई बुद्ध धर्मको बारेमा प्रवचन गरेका थिए । त्यस्तै नेपाल तामाङ्ग घेदुङ्ग बारा अध्यक्ष तथा निजगढ-१३ का वडा अध्यक्ष सुर्य घलानले बारा घेदुङ्गले सर्वसाधारणलाई ज्ञान वर्दक कुराहरू धार्मिक मार्गबाट आयोजना भएकोमा खुशी व्यक्त गर्दै यस्तो खाल्को कार्यक्रमलाई समर्थन रहने बताए ।






















Discussion about this post