कोल्हवी नगरपालिकाद्वारा गढिमाई जाने प्रवेशमा स्वागत द्वार राखियो

388
SHARES
510
VIEWS

बारा । आउदै गरेको बिश्व प्रसिद्ध बाराको गढिमाई मेलामा आउने भक्तजनहरुका लागि बाराको कोल्हवी नगरपालिकाले कोल्हवी बजार बाट पश्चिम जाने सपही बरियारपुर सडक खण्ड, ८ नम्बर वडाको १३ किलो र तामागढी गेटको प्रवेश द्वारमा स्वागत गेट राखेको छ।

मङ्सिर १७ गते देखि २४ गते सम्म लाग्ने उक्त बिश्व प्रसिद्ध धार्मिक मेला  बाराको बरियारपुरमा लाग्दै छ। मेला समितिले केही दिनदेखी मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश भएर आउने भक्तजनहरुलाई सजिलो होस भन्ने अभिप्रायले ठाउँ- ठाउँमा प्रचार प्रसारका लागि गढिमाई मन्दिर सम्म जाने दिशानिर्देश सहितको होडिङ बोर्ड राखिरहेको छ ।

एकातर्फ कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी  र अर्को तर्फ उप-मेयर लक्ष्मी कुमारी चौधरीले गढिमाई दर्शन गर्न आउने भक्तजनहरुलाई स्वागत गरिएको स्वागत गेट राखिएको हो । स्वागत गेट राखिए सङ्गै दर्शनार्थिहरुलाई गढिमाई जान थप सहज हुने कोल्हवी नगरपालिकाले जनाएको छ ।

त्यस्तै कोल्हवी नगर उध्योग बाणिज्य सघले पनि एक स्वागत ब्यानर सहित स्वागत गेटमै गढिमाई जाने दिशानिर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित