दिपेन्द्र जयसवाल । बाराजिल्लाको कोल्हबीमा चौथो क्रीकेट मेयर सुरु भएको छ । ज्ञानु फाउन्डेसन र परिवर्तनको लागि युवा समाजको सहकार्यद्वारा पन्चवर्षिय गढिमाई मेलाको शुभ उपलक्ष्यमा चौथो कोल्हबी क्रीकेट मेयर कप एक कार्यक्रम बिच उदघाटन गरिएको हो ।
ज्ञानु फाउन्डेसका अध्यक्ष ज्ञानेन्द्र चौधरीको सभापतित्वमा भएको सो मेयर कप उदघाटन समारोहमा कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरीको प्रमुख अतिथि रहेका थिए । उदघाटन समारोह कार्यक्रममा कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, एमाले कोल्हवी नगर कमिटीका अध्यक्ष पुरन्देव चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथि चौधरीले यो नगरमा खेल खेलाउने टोल तथा संस्थाहरु धेरै भएकाले सबैलाई छुट्टाछुट्टै सहयोग गर्न असहज भएको महसुस भएको बताए । उनले आउने दिनमा यस्ता कार्यक्रम गर्दा संस्था वा टोलहरु सकेसम्म एकीकृत गरेर कार्यक्रमको आयोजना गर्न आग्रह समे गरेका थिए । प्रतियोगितालाई सफल पार्नको लागि रामचन्द्र आयल स्टोर कोल्हबीका प्रोपराइटर महेश कुमार साहले १५ सेट जर्सी आयोजकलाई सहयोग गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरुको लागि स्वागत मन्तव्य संस्थाका सदस्य बुधन चौधरीले गरेका थिए भने इन्दिरा चौधरीले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन ।
उद्द्घाटन खेल निजगढ क्रीकेट क्ल्व निजगढ र सिमरा क्रीकेट क्ल्व सिमरा बिच प्रतिस्पर्धा भएको थियो ।
टस गर्दा निजगढ टिमले टस जितेर फिल्डिङ रोजेका थिए भने बलिङतर्फ सिमरा उत्रिएका थिए ।
सिमराले फराकिलो अन्तरका साथ उदघाट्न खेल जितेका हुन ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने दोस्रो हुनेले नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १६ टिम सहभागी रहेका प्रतियोगितामा उदघाटन खेलमा छक्का हान्ने प्रत्येक खेलाडीलाई शुभ रिद्धी सिद्धि ज्वेलर्स कोल्हबीका प्रोपराइटर अशोक महर्जनको तर्फबाट प्रत्येक छक्कामा नगद ५० रुपैयाँको दरले उपहार दिए आयोजकका अध्यक्ष ज्ञानेन्द्र चौधरीले मधेश प्रवाहलाई जानकारी दिए ।






















Discussion about this post