निजगढ-११ रतनपुरमा प्रगतिशील महिला समूहको प्रथम साधारण सभा सम्पन्न

394
SHARES
518
VIEWS

बारा । बारकोब निजगढ वडा नम्बर ११ रतनपुरका महिलाहरुले गठन गरेको निजगढ प्रगतिशील महिला समूहको पहिलो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले भेषकुमारी श्रेष्ठकी अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिकी उपाध्यक्ष मिनाकुमारी बस्नेत, सचिब सुमित्राकुमार खत्री र रसिला लामा लगायत रहेकी छिन । साधारण सभालाई मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उदघाटन गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेवी लामिछाने, निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सइया गुरा, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, नेकपा एमाले निजगढका सचिव तिलक घलान, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेती लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित