बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित डुमरवाना क्याम्पसको ८औं क्याम्पस सभा आइतवार सम्पन्न भएको छ ।
सभालाई प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले पानसमा बत्ति बालेर उदघाटन गरेकी थिइन ।सभामा कलेज प्रमुख राधेश्याम सिवाकोटीले क्याम्पसको गतिविधिमाथि प्रकाश पारेका थिए । सभाका वक्ताहरूले कलेजमा विद्यार्थीहरुको संख्या वृद्धि गरेर कलेजलाई आत्मानिर्भर बनाउनेतर्फ सबै तहबाट सहयोग आवश्यक भएको बताएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, नारायणी रायमाझी, इद्रिस मिया, प्रविन काफ्ले, वडा अध्यक्षहरु, स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । राजु अधिकारीले संञ्चालन गरेको सभाको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनिल मैनाले गरेका थिए ।






















Discussion about this post