उमेश घलान/बारा । तामागढी बचत तथा ऋण सहकारी संस्था लिं.को १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष एकराज आचर्यको अध्यक्षतामा कोल्हवी नगरपालिका-१ स्थित तामागढी एभेन भेन्युमा शनिबार साधारणसभा सम्पन्न भएकाे हाे ।
सहकारी संस्थाका ९५ वर्षीय कोल्हवी नगरपालिका-८, निवासी जेष्ठ शेयर सदस्य बसन्त ढकालको प्रमुख अतिथ्यतामा सो साधारण सभा भएका थिए । भने अतिथिहरुको स्वागत संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवकोटीले गरेका थिए ।
आर्थिक वर्ष २०८०//०८१ को आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष एकराज आचर्यले प्रस्तुत गरेका थिए । अध्यक्ष आचर्यको प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले चुक्ता शेयर पुँजी ३४ करोड ९१ लाख १५ हजार ८ सय रहेको छ । संस्थाको शाखा उपशाखा बारागढी र जितपुरसिमरागरी २०८१ असार मसान्तसम्ममा ५ हजार ९ सय ६२ शेयर सदस्य रहेको सो संस्थाले दिगो रुपमा वित्तिय सेवाहरु, लक्षित वर्गमा लघु उद्यमशिलता लगायतको विभिन्न शिर्षकका १० वटा उद्देश्यहरु समेत प्रस्तुत गरेका थिए ।
अध्यक्षले पेशगरेका सो प्रतिवेदन बमोजिम आर्थिक वर्षा ८०/८१ को कारोबारमा संस्थाले स्रोत साधनको समुचित प्रयोगरी १२ लाख ४७ हजार २ सय ४३ संचालन गरेको र उक्त संचालनमा खुद नाफा १ करोड १२ लाख २५ हजार १ सय ९४ आर्जन गर्न सफल भएको छ । त्यस्तैगरी लेखा सुपरीवेक्षण लेखा समायोजक गोविन्दप्रसाद पौडेलले प्रस्तुत गरेका हुन । त्यस्तैगरी संस्थाकी कोषाध्यक्ष कालिका दवाडी भण्डारीले आर्थिक गतिविधि प्रस्तुत गरेकी थिइन ।
संस्थाले तामागढी पत्रकारीता अक्षयकोष समेत स्थापना गर्ने घोषणा भने सर्वसम्मतले पास गरेको छ । संस्थाले तामागढी बचत तथा ॠण सहकारी संस्थाको उपलब्धी संस्थालाई योगदान र प्रबर्द्धन मुलक समाचार सम्प्रेषण गर्ने सचारकर्मी वा संचारगृहलाई सम्मान गर्ने उद्देश्यले सो पत्रकारीता कोष स्थापना गरेका हुन । कार्यक्रममा बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी, संस्थाका पुर्व अध्यक्ष डाल कुमार खड्का, संस्थापक अध्यक्ष श्यामप्रसाद खनाल
निवर्तमान अध्यक्षराजहरण चौधरी, तामागढी ग्रुपका अध्यक्ष युबराज क्षेत्री, जितपुरसिमाराका उपमहानगर नगर प्रमुख राजन पौडेल, कोल्हवि नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, बारागढी गाउपालिका अध्यक्ष अशोककुमार जयसवाल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) की सदस्य शोभाकुमारी राउत, सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर र संस्थाका मुख्य प्रवन्धक बासुदेव रिमाललगायतले अथितिको ग्रहण गरेका थिए । त्यस्तैगरी कार्यक्रम बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, मुख्य प्रवन्धक बसुदेव रिमाल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) की सदस्य शोभाकुमारी राउत,
सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुरलगायतले सहकारीको बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए ।
साधारण सभामा संस्थाले विभिन्न विधा जस्तै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ॠणी र उत्कृष्ट बालबचत कर्ताहरु विभिन्न संस्थाका शाखा/उपाशाखागरि २८ जना सदस्यहरुलाई करुवा र सम्मान पत्रले सम्मान गरेको थियो । भने संस्थाले चिट्ठा प्रणाली मार्फत गोलाप्रथागारी २४ थन सामग्री वितरण समेत गरेको छ । संस्थाका सचीव पद्मजंग प्यकुरेलले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागीता रहेका थिए ।






















Discussion about this post