बारा । बाराको निजगढलगायतका विभिन्न स्थानहरु आज शुक्रबार सूर्यको पूजा आराधना गरी मनाईने लोक आस्थाको पर्व छठको अन्तिम दिन आज शुक्रबार उदाउँदो सूर्यलाई अघर््य दिएर समापन गरिँदै छ । बर्तालुहरुले हिजो साँझ छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालु रातभर जाग्राम बसी आज बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिन छठ पूजा स्थलमा पुगिसकेका छन् । बिहानैदेखि बारा जिल्लाको विभिन्न स्थानहरुमा बनाईएको छठ पूजा स्थलमा प्रसाद सहितको दउरी लिएर पुगेका ब्रतालुहरु उदाउँदो सूर्यको पर्खाईमा छन् । आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराई÷मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।
सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ती मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको उल्लेख छ । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको र फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । संघीय सरकारले एक दिन मात्रै बिदा दिने गरेको भन्दै चारदिन मनाईने छठमा दुईदिन विदाको माग पनि गरेका छन् । यसैबीच छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । तराई मधेसका विभिन्न ताल, तलैया, पोखरी, नदि तलाउहरुको किनारमा दुलही झैं सिंगारिएको छ । वीगन्जको घडिअर्वा पोखरी, नगवा पोखरी, स्वीमिङपुल, मूर्ली, रानीघाट, चिनीमिल पशुपति मन्दिर छेउको पोखरी, पिपरा, बौद्धिमाई, लक्ष्मणुवा, नृसिंह मन्दिर, सिर्सिया, तिलावे लगायतका पर्साका विभिन्न स्थानका नदि किनारमा छठपूजाका लागि रंगीचंगी पण्डालहरु बनाएर सजाईएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार यसबर्ष पर्सा जिल्लाभर गरी ३ सय ४७ वटा छठ घाट तयार गरिएको छ । पर्साका १४ वटै पालिकाहरुमा गरी ३४७ वटा घाटहरु बनाएर छठ पूजा गरिदैछ ।
यसैबीच इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले वीरगंजको घडिअडर्वा पोखरी वरिपरि वाईफाई र कफी निःशुल्क वितरण गरेको छ । वल्र्डलिंकले छठ पर्वको अवसरमा वीरगंजको प्रसिद्ध घडिअडर्वा पोखरी वरिपरि निःशुल्क वाईफाई सेवा सहित कफी वितरण गर्दै सामाजिक कार्यमा पनि सक्रिय बनेको छ ।
हिन्दू धर्मावलम्बीहरूको महान आस्थाको पर्व छठको अवसरमा स्थानीय समुदायलाई आफ्नो सेवा प्रदान गर्दै उत्सवमा थप खुशी र सहयोग फैलाउने प्रयास गरेको वल्र्डलिंक कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो छिटो र विश्वसनीय इन्टरनेट सेवासँगै सामाजिक कार्यमा पनि सक्रियता देखाउँदै आएको छ ।
स्थानीय बासिन्दा र प्रयोगकर्ताहरूले वल्र्डलिंकले गरेको कार्यको स्वागत गर्दै संस्थाले समाजमा पु¥याएको योगदान र सहयोगलाई उच्च मूल्याङ्कन गरेको जनाएको कम्पनीको दावी छ ।






















Discussion about this post